विराटनगर— झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका(१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।






































