अपराध

    Showing 2,191-2,200 of 2,232 items.
  • छोरीको हत्या गर्ने बाबु पक्राउ

    झापा- बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए। छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 183 पटक पढिएको
  • हजुरबाको हत्या आरोपमा नाति पक्राउ

    धनकुटा - धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेमा एक वृद्धको हत्या अभियोगमा मृतकका नाति पक्राउ परेका छन् ।स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या अभियोगमा उनकै २२ वर्षीय नाति निरज कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्त कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।कटुवालले बिहीबार मध्यरातमा बस्नेतको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृत मानबहादुर श्रेष्ठले जानकारी दिए । 'राति १० बजेसम्म आफ्नै घरमा रहेका कटुवालले आधा घन्टाको दुरीमा रहेको मावली घर पुगेर हत्या गरेको देखिन्छ', उनले भने, 'विगतमा मावली घर आतेजाते गर्दा नातिलाई गलत बाटोमा नलाग्न भन्दै सम्झाइबु

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 130 पटक पढिएको
  • बिर्तामोडबाट मोटरसाईकल चोरीमा संलग्न एक जना पक्राउ

    झापा-  झापाको बिर्तामोड नगरपालिका-४ बाट मोटरसाईकल चोरीमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । शुक्रबार  साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका-४ स्थितमा अर्जुनधारा-५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • 138 पटक पढिएको
  • फरार सांसद लक्ष्मी कोइरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ ।उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।गत ४ मंसिरको चुनावमा महोत्तरी-१बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 259 पटक पढिएको
  • जु्वातास खेलिरहेका छ जना पक्राउ

    झापा –प्रहरीले काठमाडौँको नागार्जुनबाट जु्वातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 218 पटक पढिएको
  • गौशाला नजिकै लुटपाटको उद्देश्यले पुरुषको हत्या, एक युवक पक्राउ

    काठमाडौं -मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ । प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । उनी वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का भएको प्रहरीले बताएको छ । एसएसपी कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 167 पटक पढिएको
  • पैसा असुल गर्न अपहरणमा परेकाे नाटक गर्ने छ जना पक्राउ

    काठमाण्डाै - पैसाका लागि अपहरणमा परेकाे नाटक गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको हाे ।पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ बस्ने ४७ वर्षका विदुर बस्नेत, चितवनको भण्डारा घर भइ अहिले नैकाप बस्ने दिलीप विक, सर्लाही घर भइ बालाजु बस्ने भोला महतो, काभ्रेका जगतबहादुर भोलान, कान्छामाया जिम्बा तथा धादिङका आशमान लामा रहेका छन् ।उनीहरू सबै चिनजानका मान्छे रहेका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनु भयाे। उनीहरूमध्

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 201 पटक पढिएको
  • पेस्तोलसहित दुईजना पक्राउ

    अवैध हतियार पेस्तोलसहित धनुसामा दुईजना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जानकारी गराएको हो। इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धानको कामलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताए। उनका अनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान,

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 219 पटक पढिएको
  • दुर्लभ कस्तुरीमृगको विना र चाँदीसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा

    दुर्लभ कस्तुरीमृगको विना र चाँदीसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा लिएको छ। दुर्लभ कस्तुरीमृगको विनासहित सशस्त्र प्रहरीले गत  पौष २९ गते महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ३ गौरीवास बस्ने ४४ वर्षिय यादवराज घिमिरेलाई नियन्त्रणमा लिएको छ । साथै उनको साथबाट करीव ५ लाख ७८ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका चाँदीको गरगहना समेत बरामद भएको छ ।भारतबाट अवैध रुपले नेपाल ल्याई चीनतर्फ लैजाने योजनाकासाथ ल्याईएको उक्त कस्तुरीमृगको विना सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बाहुनडाँगी सडकखण्डबाट उनलाई नियन्त्रणमा लिईएको हो । मे ५ प २२०४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 213 पटक पढिएको
  • धादिङबाट ३४ किलो चरेससहित एकजना पक्राउ

     धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका-८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । गत सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका-२ समटारबाट आठ किलो पाँच सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका-८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा ल

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 120 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.