झापा-  झापाको बिर्तामोड नगरपालिका-४ बाट मोटरसाईकल चोरीमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । शुक्रबार  साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका-४ स्थितमा अर्जुनधारा-५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।
चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।