दुर्लभ कस्तुरीमृगको विना र चाँदीसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा लिएको छ। दुर्लभ कस्तुरीमृगको विनासहित सशस्त्र प्रहरीले गत  पौष २९ गते महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ३ गौरीवास बस्ने ४४ वर्षिय यादवराज घिमिरेलाई नियन्त्रणमा लिएको छ । साथै उनको साथबाट करीव ५ लाख ७८ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका चाँदीको गरगहना समेत बरामद भएको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई चीनतर्फ लैजाने योजनाकासाथ ल्याईएको उक्त कस्तुरीमृगको विना सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बाहुनडाँगी सडकखण्डबाट उनलाई नियन्त्रणमा लिईएको हो ।

OM Sai Pathibhara Hospital

 मे ५ प २२०४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका घिमिरेलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरी निरीक्षक विदुर भट्टराईको टोलीले जाँच गर्दा उनको साथमा उक्त कस्तुरीमृगको विना र चाँदी फेला पारेको हो । साथै बरामद पश्चात उक्त सामाग्री आवश्यक अनुसन्धानको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटार ललितपुर पठाईएकोमा उक्त प्रयोगशालाले समेत सो कस्तुरीमृगको विना प्रमाणीत गरेको हो  ।

FB_IMG_1674874785633

 बरामद चाँदी मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ भने पक्राउ परेका घिमिरेको साथमा फेला परेको कस्तुरीमृगको विना र उनले प्रयोग गरेको उक्त मोटरसाईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय झापामा बुझाईएको थियो ।