अपराध

    Showing 2,171-2,180 of 2,232 items.
  • ४२ करोड ठगेर शिवशिखर सहकारी फरार

    काठमाण्डौ  ।  वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै भन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द गरेको छ भने कर्मचारीहरू फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्ववानअनुसार शिवशिवर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन्। भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा कार्यालय स्थापना गरेर ६ हजार वचतकर्ताबाट निक्षेप संकलन गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू ब

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 503 पटक पढिएको
  • सवारी चालक अनुमती पत्रमा लापर्वाही र चलखेल; कैदीको हातमा सवारी चालक अनुमति पत्र

    सप्तरी    ।    सवारी चालक अनुमती पत्र वितरणमा हुने लापर्वाही र चलखेलको अर्को उदाहरण सार्वजनिक भएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा ६ वर्षदेखि सप्तरी कारागारमा रहेका कैदीले कैद भुक्तान गरिरहेकै समयमा सवारी चालक अनुमती पत्र लिएको खुलासा भएको हो।  सप्तरीको खडक नगरपालिका–७ तथा साबिक कल्याणपुर गाविस–२ निवासी मोहम्मद सैयद मियाँ ०७४ वैशाख ५ गतेदेखि नै कारागारमा छन्। सप्तरी जिल्ला अदालतको फैसला अनुसार कारागारमा रहेका उनको त्यसपछिको मितिमा सवारी चालक अनुमति पत्र वनेको पाईएको छ। यातायात व्यवस्था कार्यालय इटहरीबाट सैयदको नाममा ०७४ असार ३० गते चालक अनुपती पत्र जारी भएको छ। उनीसँग

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 602 पटक पढिएको
  • अदालतमा आजदेखि अभियुक्तहरुको बयान सुरु; नक्कली भुटानी शरणार्थी प्रकरण

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काँग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलक

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 278 पटक पढिएको
  • रौतहटमा गोली हानी एक जना एकको हत्या

    रौतहट । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ। देवाही गोनाही नगरपालिका–१ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ।बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो। टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 384 पटक पढिएको
  • आइपीएल क्रिकेटमा सट्टाबाजी गिरोह पक्राउ

    वीरगन्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको  छ ।आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी  गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका–४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका–६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो ।वीरगन्ज

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 353 पटक पढिएको
  • ६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न पक्राउ

    मोरङ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी  गरी जम्मा रु ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ  जनाको टोली परिचालन गरी आरोपीलाई

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 424 पटक पढिएको
  • रौतहटमा गोली हानी एक जना एकको हत्या

    रौतहट । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ। देवाही गोनाही नगरपालिका–१ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ।बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो। टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 108 पटक पढिएको
  • एमाले नेताको छुरा प्रहार गरी हत्या

    राैतहट । राैतहटमा छुरा प्रहारवाट एक जनाको ज्यान गएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेकातर्फवाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनी माथी छुरा प्रहार भएको थियो । छात्तिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए। छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 287 पटक पढिएको
  • व्यापारीमाथि खुकुरी प्रहार

    विराटनगर । विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।उनलाई विराटनगर-१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।घाइते रायलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ । राय जोगबनीमा किराना पसल सञ्चालन गर्छन् । खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 248 पटक पढिएको
  • भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापामा पक्राउ

    काठमाडाैँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापामा पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।सोही प्रकरणमा आज मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो ।नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 235 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.