राैतहट । राैतहटमा छुरा प्रहारवाट एक जनाको ज्यान गएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेकातर्फवाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनी माथी छुरा प्रहार भएको थियो । छात्तिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।

OM Sai Pathibhara Hospital

तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए। छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन्। उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।