काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।

OM Sai Pathibhara Hospital

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काँग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।

गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।