विराटनगर । विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ ।

बिहीबार दिउँसो विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

उनलाई विराटनगर-१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते रायलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ । राय जोगबनीमा किराना पसल सञ्चालन गर्छन् ।

खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।