अपराध

    Showing 2,151-2,160 of 2,232 items.
  • पेस्तोलसहित किशोर पक्राउ

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ बाट कटुवा पेस्तोलसहित प्रहरीले सोमबार एक किशोरलाई पक्राउ गरेको छ ।बर्जु–६ स्थित बेलहा टोलमा बस्दै आएका १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोली एक राउण्डसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले गए राति उनको कोठाबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ ।तत्काल फरार किशोरको खोजी गर्ने क्रममा बर्जु–५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 215 पटक पढिएको
  • बागेश्वरी सामुदायिक वनमा मानव कंकाल

    काठमाण्डौ   ।   कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ।वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए। उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए।वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेको प्रहरीले जानकारी गराएको छ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 221 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित एकजना पक्राउ

    काठमाडौं  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले  जानकारी दिए। उनको साथबाट प्रहरीले १०० दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, ५०० दरको एक हजार १०० थान गरी आठ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो।फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका उनलाई

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 220 पटक पढिएको
  • इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार

    बिर्तामोड । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् ।झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।उनका अनुसार घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ । बिर्तामोडको बिएण्डसी अस्पतालम

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 249 पटक पढिएको
  • रासायनिक मलकोे ट्रक हाइज्याक

    चपुर । कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जबाट रौतहटको चन्द्रनिगाहपुरमा रहेको शाखा कार्यालयमा लादै गरेको  रासायनिक मलको ट्रक हाइज्याक भएको छ ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट परिचालित प्रहरी टोलीले गुजरा नगरपालिका–२ को मैरा कटानीको जंगलबाट नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरीले सो ट्रकबाट १ सय २ बोरा मलसहित ट्रक, दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । साथै पाँच जनालाई पक्राउ पनि गरेको छ ।कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जबाट शाखा कार्यालय चन्द्रनिगाहपुरमा ल्याउन ना६ख ९१९२ नम्बरको ट्रकमा ४२० बोरा युरिया मल लोड गरी पठाइएकोमा सम्बन्धित स्थानमा नपुगेको खबर आएपछि प्रहरीले खोजतलास गरेको

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 297 पटक पढिएको
  • विराटनगरको बजारमा तरबार हान्ने २ जना पक्राउ

    विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै तरबार प्रहार भएको घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका– ८ का २२ वर्षीय मोहम्मद हलिमलाई तरबार प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ८ का २२ वर्षीय समीर हुसेन र वडा नं ६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरेको हो । सोमबार हलिममाथि विराटनगर– १० सन्सारी माइस्थान चोकमा तरबार प्रहार भएको थियो । तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार हुसेन र अन्सारी नेपाल– भारत सीमा नजिकैबाट पक्राउ परेका हुन् ।पक्राउ परेका दुवै जना विरुद्ध ज

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 277 पटक पढिएको
  • विराटनगरमा तरबार प्रहारबाट युबक घाइते

    विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै तरबार प्रहार भएको छ । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै एक युवकमाथि तरबार प्रहार भएको हो ।तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिम गम्भीर घाइते भएका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीले बताएको छ ।घटनामा

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 240 पटक पढिएको
  • रेशिकाको हत्या आरोपी राजकुमार काकर्भिट्टाबाट पक्राउ

    बिर्तामोड   । तेह्रथुमको आठराई गाउँपालिका- १ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको प्रहरिले काँकरभिट्टाबाट पक्राउ गरि तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको छ। श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका भनिएका आरोपि  राजकुमार क्ष्रेष्ठलाई झापा प्रहरीले तेह्रथुमको प्रहरी टोलीलाई  जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए। तेह्रथुमको प्रहरी टोली लिएर प्रस्थान भइसकेको रिजालले बताए। २६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काँकरभिट्टाबाट शनिबार अपराह्न पक्राउ गरिएको हो।काँकडभिट्टाको एउटा होटलमा

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 397 पटक पढिएको
  • गोरखपुरकी ‘लेडी डन’ नेपालमा पक्राउ

    काठमाण्डौ । भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चिनिने गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् ।तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन् । भारत गोरखपुर बस्ने ४३ वर्षीया गीता तिवारीले वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित रु ५० लाख बराबरको चोरी गरेको घटनाम

    • प्रकाशित मितिः असार २२, २०८०
    • 295 पटक पढिएको
  • इलाममा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

    इलाम । इलामको माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ ।गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उनले बताए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।गालामा गहिरो चोट लाग

    • प्रकाशित मितिः असार २२, २०८०
    • 251 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.