बिर्तामोड   । तेह्रथुमको आठराई गाउँपालिका- १ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको प्रहरिले काँकरभिट्टाबाट पक्राउ गरि तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको छ। श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका भनिएका आरोपि  राजकुमार क्ष्रेष्ठलाई झापा प्रहरीले तेह्रथुमको प्रहरी टोलीलाई  जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए। तेह्रथुमको प्रहरी टोली लिएर प्रस्थान भइसकेको रिजालले बताए।

२६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काँकरभिट्टाबाट शनिबार अपराह्न पक्राउ गरिएको हो।

OM Sai Pathibhara Hospital

काँकडभिट्टाको एउटा होटलमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो। घटनापछि श्रेष्ठका श्रीमान राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए।