विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै तरबार प्रहार भएको छ । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै एक युवकमाथि तरबार प्रहार भएको हो ।तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिम गम्भीर घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीले बताएको छ ।

घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए । घटनामा प्रयोग गरिएको तरबार प्रहरीले बरामद गरेको छ ।