चपुर । कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जबाट रौतहटको चन्द्रनिगाहपुरमा रहेको शाखा कार्यालयमा लादै गरेको  रासायनिक मलको ट्रक हाइज्याक भएको छ ।Screenshot_2023_0817_081812

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट परिचालित प्रहरी टोलीले गुजरा नगरपालिका–२ को मैरा कटानीको जंगलबाट नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरीले सो ट्रकबाट १ सय २ बोरा मलसहित ट्रक, दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । साथै पाँच जनालाई पक्राउ पनि गरेको छ ।

OM Sai Pathibhara Hospital

कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जबाट शाखा कार्यालय चन्द्रनिगाहपुरमा ल्याउन ना६ख ९१९२ नम्बरको ट्रकमा ४२० बोरा युरिया मल लोड गरी पठाइएकोमा सम्बन्धित स्थानमा नपुगेको खबर आएपछि प्रहरीले खोजतलास गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिएका छन । गत १४ साउनमा अशोक विनायक ट्रान्सपोर्टमार्फत सो सामान ढुवानी भएको थियो । ट्रकका चालक २८ वर्षीय हरिकान्त पासवान रहेका छन ।

लामो समयसम्म पनि रासायानिक मल नपुगेको र चालक पनि सम्पर्कविहीन भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरले खोजी गरेको थियो । यही २६ साउनमा कार्यालयमा प्राप्त सूचनाका आधारमा खोजी गर्ने क्रममा एउटा ट्रक र दुईवटा ट्याक्टरसहित पाँच जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । चन्द्रपुर नगरपालिका–४ बाट ना६ख ९१९२ नम्बरको ट्रक, चन्द्रपुर नगरपालिका–९ डुमरियाबाट नम्बर प्लेट अनटेस्ट रहेको ट्याक्टर, सोही वडाबाट ना३त २१८० नम्बरको ट्याक्टर बरामद भएको प्रहरिले बताएको छ ।

पक्राउ पर्नेमा वृद्धावन नगरपालिका–६ कमलपट्टीका हरिकान्त पासवान, गुजरा नगरपालिका–९ सिमराभवानीपुरका कृष्ण चौधरी, चन्द्रपुर नगरपालिका–९ डुमरियाका लक्ष्मण चौधरी, चन्द्रपुर नगरपालिका–१० बालचनपुरका छोटेलाल बैठा र गुजरा नगरपालिका–२ कटानीका मुकेश महतो रहेका छन् । पक्राउ परेकालाई आपराधिक विश्वासघात र चोरी तथा डाँकासम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी एकनारायण कोइरालाले जानकारी दिएका छन ।