अपराध

    Showing 2,061-2,070 of 2,232 items.
  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    काठमाडौं–देशका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीमा अवैध लागूऔषधसहित १२ जना व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूबाट गाँजा, ब्राउनसुगर, र खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट करिब १०७ किलोग्राम गाँजासहित थाहा नगरपालिका-२ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङलाई बिहीबार बिहान पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च २८८५ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा १४ वटा प्याकेटमा प्याक गरिएको गाँजा फेला पारेको हो। कैलालीको टिकापुर नगरपालिका-४ अस्नेरीबाट अ

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 529 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं–२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहीदभूमी गाउँपालिका–४ का ३६ वर्षीय बिर्ख बहादुर उर्फ बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईमाथि आइतबार राति ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी आखिसल्लाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 489 पटक पढिएको
  • सर्लाहीमा श्रीमतीको गोली हानी हत्या

    सर्लाही– जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले श्रीमतीको गोली प्रहार गरी हत्या गरेका छन्। हरिपूर्वा नगरपालिका–५ निवासी २३ वर्षीया चित्रलेखा यादवको आफ्नै श्रीमान्ले बिहीबार राति १ बजे गोली हानी हत्या गरेका हुन्।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घरायसी विवादका कारण घटना घटेको खुलासा भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान्ले घर आएपछि श्रीमतीसँग विवाद गरेका थिए, जसले हत्या सम्मको रूप लियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार, घटनामा संलग्न युवकले आफ्नो ५४ वर्षीय बुवा रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन्। घाइते रामदिनेश

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 373 पटक पढिएको
  • बाबुको हत्या अभियोगमा छोरा प्रहरी हिरासतमा

    काठमाडौं–सिराहाको औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई आफ्ना ६५ वर्षीय पिता भालेश्वर यादवको हत्या अभियोगमा प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले दिएको जानकारी अनुसार, छोरासँगै उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा भालेश्वरमाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका भालेश्वरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 516 पटक पढिएको
  • पक्राउ परेका दुर्गा प्रसाईंलाई के हुन्छ सजाय ?

    काठमाडौं–  दुर्गा प्रसाईंलाई प्रहरीले 'विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ को कसुर' मा पक्राउ गरेको हो । एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद हुन सक्ने कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।नेपाल प्रहरीको साइबर ब्यूरोकाम प्रवक्ता दीपकराज अवस्थीले 'विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७को' कसुर गरेको एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । ऐनको उक्त दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 435 पटक पढिएको
  • घर बाहिर ननिस्किएपछि प्रसाईंलाई पक्रन पर्खाल नाघेर गएको थियो प्रहरी

    काठमाडौं- मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 493 पटक पढिएको
  • सहकारी ठगी प्रकरणको प्रतिवेदन गृहले भोली प्रहरीलाई पठाउने

    काठमाडौं— सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको छ। शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्ध

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 485 पटक पढिएको
  • ६ जना लागुऔषध कारोबारी पक्राउ, ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० बरामद

    काठमाडौं- नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ ।शुक्रवार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट औषधिजन्य मनोद्विपक पदार्थ बिरुद्ध सञ्चालन गरिएको विशेष प्रहरी कारवाहीको क्रममा ठूलो परिमाणसहित नियन्त्रित मनोद्विपक पदार्थको कारोबारमा संलग्न गिरोह मध्यका ६ जनालाई पक्राउ गरेको बताए । भदौ १८ गते जिल्ला उदयपुर गाईघाट न.पा. वडा नं. ५ घर भई हाल काठमा

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 504 पटक पढिएको
  • गृहमन्त्रीले भने प्रहरीलाई ऊर्जाशील र थप व्यावसायिक बनाउँछौँ

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताएका छन्।आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि स १६ क सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयक अघि बढाइएको बताए।नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्था

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 438 पटक पढिएको
  • संविधान दिवसमा छुट्ने एक हजार ९२ कैदी हत्या, अपहरण तथा डाका चोरी अपराधमा सजाय भोगिरहेका

    काठमाडौं— सरकारले संविधान दिवसमा एक हजार ९२ कैदी छाड्ने तयारी गरेको छ । यसरी छाड्न लागिएका कैदीमा हत्या, सवारी ज्यान, डाँकाचोरी, बहुविवाह, अपहरण र वन्यजन्तुसम्बन्धी अपराधका छन् । असल चालचलन भएको भन्दै ठुलो संख्यामा कैदी छाड्न लागिएको हो। कारागार व्यवस्थापन विभागले एक हजार ९२ कैदीको चालचलन असल रहेको भन्दै छाड्न सिफारिस गरेको छ। गत असारमा ६०१ जना र यही साता ४९२ जना कैदीको नाम विभागले कैदकट्टाका लागि सिफारिस गरेको छ। संविधान दिवस, प्रजातन्त्र दिवस तथा गणतन्त्र दिवसका अवसरमा दिइने कैदकट्टा सधैँ विवादमा पर्दै आएको छ। यसपालि पनि छुट्न लागेकामा धेरैजसो हत्या, सवारी ज्यान, डाँकाचोरी, बहुविवा

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 390 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.