काठमाडौं–सिराहाको औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई आफ्ना ६५ वर्षीय पिता भालेश्वर यादवको हत्या अभियोगमा प्रहरीले हिरासतमा लिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार, छोरासँगै उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा भालेश्वरमाथि कुटपिट गरेका थिए । 

OM Sai Pathibhara Hospital

गम्भीर घाइते भएका भालेश्वरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।