काठमाडौं–२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहीदभूमी गाउँपालिका–४ का ३६ वर्षीय बिर्ख बहादुर उर्फ बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईमाथि आइतबार राति ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी आखिसल्लाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।