अपराध

    Showing 2,051-2,060 of 2,232 items.
  • बालिकालाई बन्धक बनाएर यौनधन्दा चलाउने महिला पक्राउ

    काठमाडौं— बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट तादी गाउँपालिका-३ की हाल कागेश्वरी मनोहरा नगरपालिका -४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई पक्राउ  गरेको हो।मानव बेचविखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले बालिका तथा युवतीहरूलाई जबरजस्ती यौनधन्दामा लगाउने गरेको पाइएपछि गोतामेलाई पक्राउ गरिएको बताए।उनीविरुद्ध मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।कार्त्तिक २ गते सीताको घरबाट प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार गरेको थि

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 319 पटक पढिएको
  • भूपू सैनिकको घरमा राखिएको सकेट बम बिस्फोट

    काठमाडौं- स्याङ्जाको चापाकोट नगरपालिका-४ पुरीगाउँमा घरमा सकेट बम बिस्फोट हुँदा एक जना घाइते भएका छन् ।२ वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका ४५ वर्षका गोविन्द पुरी आफ्नै घरमा राखिएको सकेट बम बिस्फोट हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम बिस्फोट भएको प्रहरीको भनाई छ । घाइते पुरीको बायाँ आँखा भन्दामुनि, बाँया खुट्टा र शरीरका केही भागमा चोट लागेको छ । उपचारपछि पुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोली र सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेर के

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 285 पटक पढिएको
  • दशैंमा काठमाडौं उपत्यकाका ११ ठाउँमा चोरी

    काठमाडौं— काठमाडौं उपत्यकामा दशैंको अवधिभर ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर)मा जम्मा ११ वटा मात्रै चोरीको घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।जसमध्ये काठमाडौंमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरी भएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी विनोद घिमिरेले बताए । यो विवरण दशैंको अवधि १७ गतेदेखि २८ असोजसम्मको हो । उक्त अवधिमा विशेषगरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी चोरी भएको पाइएको एसएसपी घिमिरेले बताए ।अधिकांश चोरी घरमा मान्छे नभएको मौकामा ताला फोडेर भएका छन् । चोरीका घटनामा संलग्

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 546 पटक पढिएको
  • कुटेरै होमबहादुरको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

    काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने  होमबहादुर फौलामगरको कुटपिटबाट हत्या भएको पुष्टि भएको छ। हत्या आरोपमा  प्रहरीले एक महिलासहित तीनजनालाई पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ  गरेको हो।पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका-५ स्थायी घर भइ  बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ स्थायी घर भइ हाल बुढानिलकण्ठ -१० बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम माइ नगरपालिका -२ का हाल गोकर्णेश्वर -६ नयाँबस्ती बस्ने २७  वर्षीय बिमला भट्टराई  रहेको जिल्ला प्रहरी परिसर

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 418 पटक पढिएको
  • गाडी दुर्घटना गराएर भागेका चालक पक्राउ

    काठमाडौं— गाडी दुर्घटना गराई फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी क्यामेराको फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई अहिले कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ ।विष्टको साथबाट बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । यही असोज २६ गते बेलुकी काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा गाडी दुर्घटना गराई सर्लाही

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 628 पटक पढिएको
  • इन्धन बोक्ने ट्यांकरमा चार क्विन्टल गाँजा बरामद, चालकसहित दुई जना पक्राउ

    मकवानपुर— मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर र गाँजासहित दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो। विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङ्कर जाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्करचालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो। ट्याङ्करको ५ वटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको जिल्ल

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 481 पटक पढिएको
  • वि.सं. २०८१ असोज २२ गते मङ्गलबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)रूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनम

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 645 पटक पढिएको
  • ३७.१३ अंकले बढ्यो नेप्से, ७ अर्ब कारोबार

    काठमाडौं— साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ३७.१३ अकंले बढेको छ । एक दशमलव ३९ प्रतिशतले बढेको नेप्से २६९०.७२ अंकमा बन्द भएको छ । आइतबार ५६.०९ अंकले बढेको थियो ।आज १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच भए । कुल ७३ हजार ११९ पटकको सेयर किनबेचबाट ७ अर्ब ९ करोड ५९ लाख रूपैयाँको कारोबार भएको छ ।आज १७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ६६ कम्पनीको मूल्य घट्यो । दुई कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये दुई उपसमूह घटे । फाइनान्स र उत्पादन तथा प्रशोधन घट्यो भने अन्य उपसमूहहरु बढ्यो ।उत्पादन तथा प्रशोधन ९३.९६ अंक र फाइनान्स २३.९६ अंकले घट्यो । सबैभन्दा भन्दा बढी होटल तथा पर

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 448 पटक पढिएको
  • दशैंमा कुकुरसहित सुरक्षा चाँज गर्दै प्रहरी

    काठमाडौं— चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ। चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए।चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 447 पटक पढिएको
  • मदिराले मातेका बाबुको हँसिया प्रहारले छोराको मृत्यु

    लमजुङ– मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको आफ्नै बाबुले हँसिया प्रहार गर्दा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, शुक्रबार बेलुका बाबु सन्तबहादुर तामाङ र छोरा सोमबहादुरले सँगै बसेर मदिरा सेवन गरेका थिए। मदिराको सेवनपछि उनीहरूबीच विवाद सुरु भएपछि, ५७ वर्षीय सन्तबहादुरले हँसियाले छोराको घाँटीमा प्रहार गरे। गम्भीर अवस्थामा रहेका सोमबहादुरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। प्रहरीले अभियुक्त बाबुलाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया सुरु गरेको छ। मृतकका एक छोरी र श्रीमती रहेका छन्। छिमेकीहरूले समयमा अस्पताल पुर्‍याउन सक

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 391 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.