काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने  होमबहादुर फौलामगरको कुटपिटबाट हत्या भएको पुष्टि भएको छ। हत्या आरोपमा  प्रहरीले एक महिलासहित तीनजनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ  गरेको हो।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका-५ स्थायी घर भइ  बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ स्थायी घर भइ हाल बुढानिलकण्ठ -१० बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम माइ नगरपालिका -२ का हाल गोकर्णेश्वर -६ नयाँबस्ती बस्ने २७  वर्षीय बिमला भट्टराई  रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार मंगलबार  दिउँसो गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती लस लाइट स्कुल नजिक सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका बस्दै आएका ४३ वर्षीय होमबहादुर अचेत अवस्थामा फेला परेका थिए।

लगत्तै उनलाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल लगिएकोमा ३:३० बजेतिर चिकित्सकहरूले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार होमबहादुरलाई कुटपिट गरी उनीहरू फरार रहेको अनुसन्धानबाट खुलेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।