लमजुङ– मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको आफ्नै बाबुले हँसिया प्रहार गर्दा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, शुक्रबार बेलुका बाबु सन्तबहादुर तामाङ र छोरा सोमबहादुरले सँगै बसेर मदिरा सेवन गरेका थिए। 

मदिराको सेवनपछि उनीहरूबीच विवाद सुरु भएपछि, ५७ वर्षीय सन्तबहादुरले हँसियाले छोराको घाँटीमा प्रहार गरे। गम्भीर अवस्थामा रहेका सोमबहादुरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। 

OM Sai Pathibhara Hospital
OM Sai Pathibhara Hospital

प्रहरीले अभियुक्त बाबुलाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया सुरु गरेको छ। मृतकका एक छोरी र श्रीमती रहेका छन्। छिमेकीहरूले समयमा अस्पताल पुर्‍याउन सकिएको भए सोमबहादुरको ज्यान बच्नसक्ने बताएका छन्। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाँदै गर्दा आज बिहान उनको मृत्यु भएको हो।