काठमाडौं— साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ३७.१३ अकंले बढेको छ । एक दशमलव ३९ प्रतिशतले बढेको नेप्से २६९०.७२ अंकमा बन्द भएको छ । आइतबार ५६.०९ अंकले बढेको थियो ।

आज १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच भए । कुल ७३ हजार ११९ पटकको सेयर किनबेचबाट ७ अर्ब ९ करोड ५९ लाख रूपैयाँको कारोबार भएको छ ।

OM Sai Pathibhara Hospital

आज १७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ६६ कम्पनीको मूल्य घट्यो । दुई कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये दुई उपसमूह घटे । फाइनान्स र उत्पादन तथा प्रशोधन घट्यो भने अन्य उपसमूहहरु बढ्यो ।

उत्पादन तथा प्रशोधन ९३.९६ अंक र फाइनान्स २३.९६ अंकले घट्यो । सबैभन्दा भन्दा बढी होटल तथा पर्यटन २२८.५१ अंक र जिवन बिमा १४४.८६ अंकले बढ्यो ।