काठमाडौं- स्याङ्जाको चापाकोट नगरपालिका-४ पुरीगाउँमा घरमा सकेट बम बिस्फोट हुँदा एक जना घाइते भएका छन् ।

२ वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका ४५ वर्षका गोविन्द पुरी आफ्नै घरमा राखिएको सकेट बम बिस्फोट हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम बिस्फोट भएको प्रहरीको भनाई छ । 

घाइते पुरीको बायाँ आँखा भन्दामुनि, बाँया खुट्टा र शरीरका केही भागमा चोट लागेको छ । उपचारपछि पुरीलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी टोली र सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेर केही बिस्फोटक पदार्थ समेत बरामद गरेको जनाइएको छ ।