अपराध

    Showing 11-20 of 2,232 items.
  • फेसबुकमा बन्दूक बोकेको फोटो आख्दा २ जना पुगे प्रहरी हिरासतमा

    गोरखा । फेसबुकमा भरुवा बन्दूक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने अर्का एकजनालाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ ।सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२, सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१, खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन् ।प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडी मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए । उक्त फोटोका आधारमा उनलाई खोजी गर्ने क्रममा लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 316 पटक पढिएको
  • काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कार्यालयद्वारा सार्वजनिक प्रगति विवरणअनुसार एक महिनामा दर्ता ७४ वटा सानाठूला आपराधिक घटनामध्ये ४१ मुद्दाको फछ्र्योट भइसकेको छ भने बाँकी घटनाको अनुसन्धानकै चरणमा रहेको छ । यस अवधिमा प्रहरीले विभिन्न अपराधमा संलग्न चालु मुद्दाका ७६ प्रतिवादीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जनाकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकमा केही महिनादेखि आर्थिक–वित्त

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 184 पटक पढिएको
  • टिकाथली बस्दै आएका अर्का सुकुम्बासीले गरे आत्महत्या

    काठमाडौं— एक सुकुम्बासीले फेरी आत्महत्या गरेका छन्। गैरीगाउँस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भएका ५० वर्षीय चम्बरबहादुर नेपाली टिकाथलीस्थित डेरामा मृत अवस्थामा फेला परेका हुन्।नेपाली परिवारसहित टिकाथलीमा डेरा लिएर बस्दै आएका थिए। सरकारले गैरीगाउँको बस्ती हटाएपछि उनी डेरामा बस्न बाध्य भएका थिए। प्रहरीका अनुसार उनले अस्ति राति डेरामै आत्महत्या गरेका हुन्। उनको हिजो नै अन्त्येष्टि गरिएको छ।यसअघि साउन २८ गते भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ६० वर्षीय हिरालाल पासवान पनि मृत अवस्थामा फेला परेका थिए। उनको परिवारले सरकारसमक्ष १२ बुँदे माग राख्दै आएको छ।लगातार भएका यी घटनापछि विस्थापित सुकुम्बास

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 466 पटक पढिएको
  • सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    सर्लाही / सर्लाही प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको कोडैना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बास घारीबाट करिब ३०० किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार मंगलबार राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लागू औषध गाँजा लुकाएर राखिएको सूचना प्राप्त भएको थियो ।सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा कोठाभित्र १५ बोरा गाँजा फेला पारेको थियो । बरामद गाँजाको तौल करिब ३०० किलो रहेको छ । प्

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 131 पटक पढिएको
  • झापामा ११ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन पक्राउ

    झापा / झापाको कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार साँझ लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारीबाट कमलतर्फ आउँदै गरेको मे।११ प ८१७७ नम्बरको मोटरसाइकल रोकी तलासी गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–३ का २४ वर्षीय निराज तामाङ, २० वर्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 193 पटक पढिएको
  • झापामा गाँजासहित एक महिला पक्राउ

    झापा / झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–६ निवासी ३६ वर्षीया गीता महतो रहेकी छन्। उनको घरमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले राति करिब ८ः५० बजे घर तलासी गर्दा कोठाभित्र लुकाइराखिएको गाँजाजस्तो पदार्थ बरामद गरेको थियो।बरामद पदार्थको डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिकबाहेक ५२८ ग्राम रहे

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 233 पटक पढिएको
  • एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

    गण्डकी। कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ५८ पुरुष र नौ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।प्रतिवादीहरूबाट आठ वर्ष सात महिना ११ दिन कैद र रु ३७ लाख ९६ हजार ५२० बिगो असुल उपर भएको उहाँको भनाइ छ । चेक अनादर, बिगो लेनदन, बैङ्किङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 245 पटक पढिएको
  • कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

    नेपालगन्ज। प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।   लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।  उहाँका अनुसा रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भन्ने टाइपसिंह गिरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुसँग एक थान डिजिटल तराजु, नगद रु पाँच हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउण

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 153 पटक पढिएको
  • २२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

    सर्लाही— जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डाबरीबाट लाल बन्दीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोबाट गाँजा बरामद गरेको जनाएको छ ।अटोभित्र लुकाइछिपाई लैजाँदै गरिएको अवस्थामा पाँच वटा पोकामा राखिएको २२ किलो ८२० ग्राम गाँजा फेला परेको प्रह

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 433 पटक पढिएको
  • क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं / क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेको छ ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका—८ बस्ने पर्वत मोदी गाउँपालिका—५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । चुडामणीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका—२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि व

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.