अपराध

    Showing 1,851-1,860 of 2,232 items.
  • तीनकुने घटना प्रकरणः शिव सेना नेपाल अध्यक्ष बस्नेत पक्राउ

    काठमाडौं— तीनकुने घटना प्रकरणमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ । राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएपछि उनी पक्राउ परेको राजावादी अभियन्ता रमा सिंहले जानकारी दिइन् ।गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले झण्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी राखेका बेला उनी पक्राउ परेका हुन् ।

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 378 पटक पढिएको
  • श्रीमतीको खुकुरी प्रहारबाट हत्या, श्रीमान आफैं पुगे प्रहरीमा

    काठमाडौं— झापाको कनकाई नगरपालिका–२ सुकेडागीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले श्रीमती ३४ वर्षीया पूजाको हत्या गरेको  इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको  छ। घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेलगत्तै उनी प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए।हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पूजाको शव  पोस्टमार्टमका लागि  प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको  छ।

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 362 पटक पढिएको
  • डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

    काठमाडौं— डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।  सो अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सुजिता आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।पीडितको सोही उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 406 पटक पढिएको
  • मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

    विराटनगर— मोरङको ग्रामथान गाउँपालिकापा–६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । ठक्करबाट मोरङ ग्रामथान गाँउपालिका–६ का ७० वर्षीय हेमराज गिरी रहेका छन् ।गिरीलाई तत्काल उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो । बिराटनगरबाट बिराट चौक तर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाईकल चालक मोरङ कटहरी गाँउपालिका–७ का अनिस भगत लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 437 पटक पढिएको
  • ब्राउन सुगरसहित ५ जना प्रहरीको फन्दामा

    विराटनगर— विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गाली, धरान–८ का ४६ वर्षीय राज तामाङ, ३५ वर्षीय  प्रबिन पोखरेल, मेचीनगर–१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राई रहेका छन् ।बुधबार मोरङ बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र राज तामाङ, र प्रबिन पोखरेलको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 527 पटक पढिएको
  • लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

    काठमाडौ— अवैध लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । मोरङ, धनकुटा, पर्सा लगायतका जिल्लाबाट सात जना पक्राउ परेका हुन् ।  मोरङको विराटनगर महानगरपालिका– १६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय प्रवीण पोखरेल रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 284 पटक पढिएको
  • २१ वटा सामाजिक सञ्जालका एकाउन्ट, २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रूपैयाँ ८ पैसा कारोबार, ७ जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका–१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका–७ बस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका–१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका–२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरूलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकप

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 501 पटक पढिएको
  • इन्टरपोल रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

    काठमाडौं— जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्साको वीरगंज महानगरपालिका-३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका छन् ।एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 477 पटक पढिएको
  • केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

    नैरबी, २६ बैशाख । हात्तीको दाँत र गैंडाको सिङ्गको तस्करीको बारेमा तपाइले सुन्नु भएको होला तर अब त सिकारीले हाम्रो वातावरणका लागि बहुमूल्य कमिला पनि तस्करी गर्न थालेका छन् । यस्तै एउटा चकित पार्ने घटनामा केन्यामा घटेको छ । त्यहाँको एक अदालतले दुई नाबालिग सहित चार जनालाई हजारौं कमिला तस्करी गरेको आरोपमा दोषी पाएको छ र उनीहरूलाई ७,७०० अमेरिकन डलर जरिवाना गरेको छ। अदालतले नाबालिगले जरिवाना नतिरे १२ महिना जेल पठाउन पनि भनिसकेको छ । खासमा केन्याली बन्यजन्तु अधिकारीहरूले अप्रिल ५ मा छापा मारेर दुई बेल्जियम किशोर, एक भियतनामी नागरिक र एक स्थानीयलाई पक्राउ गरेका थिए। तिनीहरूबाट ५ हजार ४४० विश

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 291 पटक पढिएको
  • तीनकुने घटनाः सेनाका पूर्व हवल्दार पक्राउ

    काठमाडौं — राजावादीको आन्दोलनमा २०८१ चैत्र १५ गते तीनकुने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ परेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर हाल तारकेश्वर नगरपालिका वडा नम्बर १० मनमैजु बस्ने मन बहादुर कालामगरलाई २०८२ बैशाख २५ गते पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाएका एसप

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 349 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.