विराटनगर— विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गाली, धरान–८ का ४६ वर्षीय राज तामाङ, ३५ वर्षीय प्रबिन पोखरेल, मेचीनगर–१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राई रहेका छन् ।
बुधबार मोरङ बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र राज तामाङ, र प्रबिन पोखरेलको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मेचीनगर—१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राईलाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।