विराटनगर— मोरङको ग्रामथान गाउँपालिकापा–६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । ठक्करबाट मोरङ ग्रामथान गाँउपालिका–६ का ७० वर्षीय हेमराज गिरी रहेका छन् ।
गिरीलाई तत्काल उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो ।
बिराटनगरबाट बिराट चौक तर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाईकल चालक मोरङ कटहरी गाँउपालिका–७ का अनिस भगत लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।