अपराध

    Showing 1,571-1,580 of 2,232 items.
  • कैलालमा एक किशोरी आफ्नै खेल प्रशिक्षकबाट बलत्कृत

    कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाकी एक किशोरी बलात्कृत भएकी छिन् । धनगढीकै एक पुरुषले १५ वर्षीया किशोरीमाथि पटक – पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।पछिल्लोपटक ती किशोरीमाथि कञ्चनपुरको पुनर्वास नगरपालिकामा बलात्कार भएको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।‘आरोपित भने  फरार रहेको र  खोजी कार्य भइरहेको छ,’ डीएसपी बोहराले भने । आरोपित पुरुष भने  किशोरीका खेल प्रशिक्षक हुन् ।पछिल्लोपटक किशोरीलाई घुम्न जाउँ भन्दै पुनर्वास नगरपालिकाको आइबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै

    • प्रकाशित मितिः असार २५, २०८२
    • 292 पटक पढिएको
  • "निष्पक्ष पत्रकारितामाथि दबाब, सत्ताको असहिष्णुता?"

    काठमाडौं–नेपालमा निडर पत्रकारिताको आवाज दबाउन खोजिएको घटनाले फेरि एकपटक स्वतन्त्र प्रेसमाथिको हमला उजागर गरेको छ। चर्चित निडर पत्रकार दिवाकर शाह पछिल्लो समय HTP खबरमार्फत महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयमा भएका अनियमितता र भ्रष्ट्राचार उजागर गर्दै आएका छन्। सत्य बोल्ने शाहमाथि हाल सशक्त दबाब सिर्जना गरिएको भन्दै चौतर्फी विरोध शुरू भएको छ।यसै सन्दर्भमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले खुला रुपमा शाहको पक्षमा उभिंदै भनेका छन्, "पत्रकार दिवाकर शाह तराईको आवाज हुन्, उनको आवाज दबाउनु भनेको जनताको आवाज दबाउनु हो। यो पूर्णतया अप्रजातान्त्रिक गतिविधि हो र म यसको घोर भर्त्सना गर्दछु।" शाहल

    • प्रकाशित मितिः असार २५, २०८२
    • 479 पटक पढिएको
  • आलिया भट्टकी पूर्व निजी सहायक वेदिका शेट्टी ठगी आरोपमा पक्राउ

    मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई आलियाको प्रोडक्सन हाउस ‘इटर्नल सनशाइन प्रोडक्सन प्रा. लि.’ र आलियाको व्यक्तिगत बैंक खाताबाट अवैध रूपमा झण्डै ७७ लाख रुपैयाँ निकालेको आरोप लागेको हो।जुहू प्रहरीले दर्ता गरेको यो मुद्दामा हाल अनुसन्धान जारी छ। रिपोर्ट अनुसार, शेट्टीले आलियाका नक्कली हस्ताक्षर गरेर दुई वर्षको अवधिमा रकम निकालेकी थिइन्। उक्त उजुरी केही महिनाअघि आलियाकी आमा सोनी राजदानले दिएकी थिइन्। करिब पाँच महिनापछि प्रहरीले शेट्टीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।हालसम्म अभिनेत्री आलिया भ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 521 पटक पढिएको
  • झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ

    झापा—झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालय नजिकै एक भारतीय नागरिक एयर पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, दार्जिलिङ निवासी २५ वर्षीय प्रतीक अग्रवाल रहेका छन्। मंगलबार बिहान करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सवारी तथा यात्रुहरूको नियमित जाँचका क्रममा अग्रवालले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीमा लुकाइराखिएको अवस्थामा एक थान एयर पेस्तोल फेला पारेको हो।प्रहरीका अनुसार अग्रवालको साथबाट एयर पेस्तोल, त्यसमा प्रयोग हुने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाइल समेत बरामद गरिएको छ।कोशी प्रदेश प्रहरी कार्

    • प्रकाशित मितिः असार २५, २०८२
    • 660 पटक पढिएको
  • २५ किलो गाँजासहित मोरङमा भारतीय नागरिक पक्राउ

    विराटनगर- प्रहरीले मोरङ धनपालथान गाउँपालिकाबाट गाँजासहित भारतीय नागरिक पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत अररिया पहुँसी ग्राम पञ्चायत-२ का २२ वर्षीय मोहम्मद इर्साद रहेका छन्।बिआर३८क्यू ५६८६ नम्बरको मोटरसाइकलमा सवार उनलाई धनपालथान गाउँपालिका-२ अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।इर्सादले बोकेको प्लाष्टिकको झोलामा २५.२५० ग्राम गाँजा फेला परेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले बताइन्।पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याएर थप अनुसन्धान थालिएको छ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 247 पटक पढिएको
  • डेढ अर्बको हुण्डी र क्रिप्टो कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ

    काठमाडौं - ललितपुरको सानेपास्थित कालोपुलमा रहेको किराना पसलमा हुन्डी र क्रिप्टो करेन्सी कारोबार गर्दै आएका दुई भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएका ४३ वर्षीय रुपेशकुमार गुप्ता र पूर्वी चम्पारण बिजबानी स्थायी घर भई हाल सोही स्थानमा बस्दै आएका २२ वर्षीय विपीन कुमार रहेका छन्।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार छापा मारी उनीहरूलाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए। सिआइबीको टोलीले गुप्ताले सञ्चालन गर्दै आएको 'राजतिर्थ ट्रेडर्स' नामक किराना पसलबाट हुण्डी तथा क

    • प्रकाशित मितिः असार २५, २०८२
    • 282 पटक पढिएको
  • भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ

    मोरङ - आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो।प्रारम्भिक अनुसन्धानको क्रममा टंकबहादुरले आपसी झै-झगडा तथा रिसिवीको कारण हँसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ। उनीहरूबीच अंशसम्बन्धी झगडा रहेको मोरङ प्रहरीले जनाएको छ।उनी उपर जिल्ला अदालत मोरङबाट ज्

    • प्रकाशित मितिः असार २४, २०८२
    • 339 पटक पढिएको
  • रास्वपाको हस्ताक्षर अभियानमाथि प्रश्न: न्यायिक स्वतन्त्रतामाथि दबाब कि जनमतको अभिव्यक्ति?

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको देशव्यापी हस्ताक्षर अभियानले न्यायपालिकाको निष्पक्षतामाथि बहस चर्काएको छ। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेमाथि अभियोग लागिरहँदा, उनीप्रति जनसमर्थन देखाउन थालिएको यो अभियान अहिले न्यायालयमाथि दबाब सिर्जना गर्ने रणनीतिको रूपमा हेरिन थालेको छ।असार ७ गतेबाट सुरु भएको अभियान काठमाडौंका विभिन्न चोक-जस्तै बसपार्क, बसन्तपुर—देखि देशभरका ७७ जिल्लामा फैलिएको छ। रास्वपाका स्थानीय संयोजकहरूले सर्लाहीमा मात्र एकैदिनमै २० हजारभन्दा बढी हस्ताक्षर संकलन भएको दाबी गरेका छन्।यसबीच, सामाजिक सञ्जालमा वकिल तथा राजनीतिक विश्लेषक स्वागत नेपाल

    • प्रकाशित मितिः असार २४, २०८२
    • 332 पटक पढिएको
  • झापा र मोरङबाट लागू औषधसहित दुई जना पक्राउ

    झापा— झापा र मोरङ जिल्लाबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ स्थायी घर भई हाल झापाको शिवसताक्षी नगरपालिका–८ मा बसोबास गर्दै आएका २५ वर्षीय जितेन्द्र आङ्देम्बेलाई पक्राउ गरेको हो। उनलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।त्यस्तै, मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट २५ किलो २५० ग्राम गाँजासहित भारत अररिया घर भएका २२ वर्षीय मोहमद ईर्सादलाई प्रहरीले पक्राउ गरेको छ। ईर्सादले लागू औषध बोकेको BR 38 Q

    • प्रकाशित मितिः असार २४, २०८२
    • 573 पटक पढिएको
  • ४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ

    रौतहट । बारा प्रहरीले प्रतिवन्धित लागुऔषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । ४ हजार ५ सय पिस एम्पुल सहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने बर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिवन्धित लागुऔषध एम्पुल सहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागुऔषध राखी उभिरहेका मानिस प्रहरी टोलिलाई देख्नसाथ भाग्न खोजेपछी शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो । प्रतिवन्धित लागुऔषध एम्पुल सहित नोफिन १५

    • प्रकाशित मितिः असार २४, २०८२
    • 238 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.