अपराध

    Showing 1,461-1,470 of 2,232 items.
  • लालझाडी गाउँपालिकाको वडा कार्यालयमा चोरी

    कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित वडा कार्यालयमा बुधवार राति चोरी भएको छ। अज्ञात समूहले कार्यालयको ढोका तोडेर विभिन्न महत्वपूर्ण सामग्री चोरी गरेको वडा अध्यक्ष पहलबहादुर थापाले जानकारी दिए।उनका अनुसार चोरहरूले कार्यालयको पछाडिपट्टिको ढोका र वडा सचिवको कार्यकक्षको ताला फोडेर प्रवेश गरेका थिए। चोरी भएका सामानहरूमा एक थान कम्प्युटर, सीपीयू, ल्यापटप र भित्ते पंखा रहेका छन्।वडा कार्यालय हाल एक भाडाको घरमा सञ्चालनमा रहेको थियो। केही महिनामै नयाँ भवनमा सर्ने तयारी भइरहेकाले कार्यालयमा सीसीटीभी जडान गरिएको थिएन। नजिकैको स्वास्थ्य चौकीमा जडित क्यामेरामा पनि चोरहरू देखिएको छैनन्।चोरीपछि व

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 716 पटक पढिएको
  • आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी लागूऔषध नियन्त्रणमा आक्रामकः १ हजार ९ सय ८५ जना पक्राउ

    विराटनगर— कोशी प्रदेश प्रहरीले लागूऔषधको ओसार–पसार र प्रयोग नियन्त्रणमा आक्रामक रणनीति अपनाउँदै यो आर्थिक वर्ष २०८१/८२ मा चरेश, अफिम, ब्राउनसुगर तथा विभिन्न मनोसामग्री औषधीसहित १ हजार ९ सय ८५ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार समातिएका मध्ये १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिला छन्। लागूऔषधका कारण समाजमा हत्या, लुटपाट, चोरी जस्ता अपराधको जोखिम उच्च हुने भएकाले यसलाई नियन्त्रण र निरुत्साहन गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रहरी सक्रिय बनेको हो।कोशी प्रदेश प्रहरीद्वारा सार्वजनिक तथ्याङ्कअनुसार ब्राउन सुगरः ५ किलो ४८९ ग्राम, चरेशः ३ ग्राम ५८८ मिलिग्राम, अफिमः १५ ग्र

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 639 पटक पढिएको
  • सप्तरीमा शङ्कास्पद अवस्थामा दुई शव फेला, फरार दुई अभियुक्त पक्राउ

    सप्तरी— सप्तरीको राजगढ गाउँपालिकामा दुई जनाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ।राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलमा बुधबार एक पुरुषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार शव स्थानीय गुलाब सिंहको धानखेतमा भेटिएको हो। करिब ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् भने मृतकको पहिचान खुल्न सकेको छैन।प्रवक्ता बस्नेतका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने खालको लुगा लगाएका थिए। शवको पहिचान तथा मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ।त्यस्तै, राजगढ गाउँपालिका–३ मा मङ्गलबार अर्को युवकको शव झुन्डिएको अवस्था

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 497 पटक पढिएको
  • झापा र सुनसरीबाट लागू औषध सहित ७ जना पक्राउ

    विराटनगर— झापा र सुनसरी जिल्लाबाट लागू औषध सहित ७ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाको आधारमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।साउन ६ गते, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–७ स्थितबाट ३० वर्षीय सुनिल चापागाईं, नुवाकोट तादीका ३० वर्षीय मन कुमार दर्जी र उनकी २६ वर्षीया श्रीमती शशी खत्रीलाई ३७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यसैगरी, अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान–१३ की २८ वर्षीया पुष्पा राईलाई ५८० मिलिग्राम ब्राउन सुगरसहित उनकै कोठाबाट नियन्त्रणमा लिएको छ।धरान–१७ बाट भने अस्थायी प्रहरी चौकी रेल्वेले ट्राम

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 693 पटक पढिएको
  • आफ्नै छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु

    सुनसरी— सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा छोराले आफ्नै बुवालाई छुरा प्रहार गर्दा मृत्यु भएको छ । ६० वर्षीय सचिव अंसारीको आफ्नै छोरा मोहम्मद रियाज अंसारीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मोहम्मदले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका सचिव अंसारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले घटनापछि अभियुक्त मोहम्मद रियाज अंसारीलाई नियन्त्रणमा लिइएको जा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 683 पटक पढिएको
  • झुटा आश्वासन दिएर किशोरीहरूलाई फसाउने चार चिनियाँ नागरिक पक्राउ

    कास्की– विवाह, पढाइ र राम्रो जीवनशैलीको आश्वासन देखाएर नाबालिक किशोरीहरूलाई गलत उद्देश्यका लागि प्रयोग गरिएको आरोपमा कास्की प्रहरीले चार जना चिनियाँ नागरिक र तिनलाई सहयोग गर्ने तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पीडित किशोरीहरूले उजुरी दिएपछि घटनाको अनुसन्धान थालिएको थियो। प्रारम्भिक अनुसन्धानमा आर्थिक रूपमा कमजोर र पछाडि पारिएका समुदायका किशोरीहरूलाई लक्षित गरी फकाइएको खुलेको छ।कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी एक किशोरीले पढाइको अवसर र चिनियाँ नागरिकसँग विवाहपछि राम्रो जीवन बिताउने आश्वासन पाएकी थिइन्। उनलाई पोखराकी दुई नेपाली महिलाले चिनियाँ नागरिकसँग विवाह गराइदिएको प

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 380 पटक पढिएको
  • नक्कली आवाज प्रकरणमा फरार राजकुमार इटहरीबाट पक्राउ

    इटहरी— सामाजिक सञ्जालको दुरुपयोग गर्दै विभिन्न पेसामा आबद्ध व्यक्तिको नक्कली आवाज बनाएर दुःख दिँदै आएका राजकुमार तिम्सिना सुनसरीको इटहरीबाट पक्राउ परेका छन्।सञ्चार उद्यमीदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मको झुठो आवाज प्रकरणमा जोडिएका तिम्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, झुठो आवाज बनाएका तिम्सिनालाई सर्वोच्च अदालतले ६ महिनाको कैद सजाय तोकेको थियो। गत वर्ष असोजमा कैद सजाय तोकिएका उनी त्यसयता फरार अवस्थामा रहेका थिए।तिम्सिनाले सञ्चार उद्यमीदेखि न्यायाधीशसम्मका झुठो आवाज बनाएर ‘डार्क फाइल

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 555 पटक पढिएको
  • शिशु हत्या गरी फाल्ने बाबु लामिछाने पक्राउ

    पोखरा— पोखरामा नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा शिशुका बाबु गोविन्द लामिछाने पक्राउ परेका छन्। गत वर्ष असोज १३ गते पोखरा–१४ चाउथेस्थित पृथ्वी राजमार्ग छेउमा झोलामा बेरेर फालिएको शिशुको शव फेला परेको थियो। पोस्टमार्टममा घाँटी र टाउकोमा चोट लागेर मृत्यु भएको पुष्टि भएपछि प्रहरीले कर्तव्य ज्यानअन्तर्गत अनुसन्धान सुरु गरेको थियो।नुवाकोट घर भई हाल पोखरामा बस्दै आएका लामिछाने फरार थिए। झन्डै १० महिनापछि, आइतबार अर्की श्रीमतीलाई अस्पताल ल्याउँदा प्रहरीले उनलाई पक्राउ गरेको हो। अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 585 पटक पढिएको
  • भूमिमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न सांसद बोहराको माग

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बोहराले यस्तो बताएका हुन् ।बोहराले कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा अडियोहरू सार्वजनिक भएको भन्दै यही विषयमा आरोपित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर, भूमिमन्त्री अधिकारीले राजीनामा नदिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरे ।उनले सार्वजनिक अडियो तत्कालीनमन्त्री गुप्ताको भएको पुष्टि भएको र

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 728 पटक पढिएको
  • दोलखाका गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ — दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध भ्रष्टाचारको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।अख्तियारमा सी–०८३०२९ दर्ता नम्बरमा गत असार २६ गते उजुरी दर्ता भएको हो। उजुरीकर्ताले गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरिएको आरोप लगाएका छन्।तीनतले २० कोठे नयाँ भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष झन्डै १२ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। उजुरीमा उल्लेख गरिएअनुसार भवन निर्माणका क्रममा “हिटिङ सिस्टम” भन्ने विशेष प्रावधान अनावश्यक रूपमा राखिएको छ, जुन नेपालमा सामान्य रूपमा प्रयोग नहुन

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 525 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.