अपराध

    Showing 1,231-1,240 of 2,232 items.
  • गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका श्रेष्ठलाई राजस्वमा पठाउने प्रहरीको निर्णय

    काठमाडौं— काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ । छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना प्रहरीले बरामद गरेको थियो । गोरखा नगरपालिका वडा नम्बर–६ घर भइ गोंगबु बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । श्रेष्ठको घरमा चामलको बोरामा लुकाएर राखेको नगद र सुनका गहना भेटिएको प्रहरीको भनाइ छ। ७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडिबी’ नामको

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 771 पटक पढिएको
  • काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, कर्मचारी नगदसहित नियन्त्रणमा

    काभ्रे— मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारेको छ। टंगालस्थित अख्तियारको टोलीले कार्यालयमा विशेष अनुगमन गर्दै छापा हानेको हो।छानबिनका क्रममा मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।प्राप्त सूचना र अनुसन्धानको आधारमा छापा मारिएको जनाउँदै आयोगले अनुसन्धानलाई अगाडि बढाइएको जनाएको छ।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 644 पटक पढिएको
  • अपहरण गरी बन्धक बनाएको अभियोगमा तीन जना पक्राउ

    काठमाडौं— काठमाडौंको तार्केश्वर नगरपालिकास्थित फुटुङबाट एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा तार्केश्वर–१ का ४४ वर्षीय विराट सिंह लवट उर्फ 'मंगल दास', सोही ठाउँका ४४ वर्षीय राज लवट खत्री, र वडा नम्बर–७ का ३९ वर्षीय सन्तोष महर्जन रहेका छन्।उनीहरूलाई सोमबार दिउँसो तार्केश्वर–७ निवासी राजु पण्डितलाई अपहरण गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। घटनापछि प्राप्त सूचना आधारमा करिब दुई घण्टामै पीडितको उद्धार गरिएको प्रहरी वृत्त बालाजुका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।उनका अनुसार अपहरणको कारण आपसी जग्गा कारोबारसम्बन्धी लेनदेन विवाद रहेको

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 540 पटक पढिएको
  • गोंगबुमा ४ करोडसहित सुनका गरगहना बरामद

     काठमाडौं— राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो । गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए । छापा मारेर करिब ४ करोड रुपैयाँ र सुनका गरगहना बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए । 

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 692 पटक पढिएको
  • सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा एमाले नेता ऐन महरविरुद्ध मुद्दा दर्ता

    काठमाडौं— नेकपा (एमाले) का नेता ऐन महरविरुद्ध साइबर अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा दर्ता गरेको हो। उनीमाथि एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ।अब अदालतमा महरको उपस्थितिपछि उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा हाजिरी जमानीमा राख्ने भन्नेबारे थुनछेक बहस हुनेछ।यसअघि, भदौ ११ गते सरकारी वकिल कार्यालयले महरलाई हाजिरी जमानीमा छाडेको थियो।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 648 पटक पढिएको
  • बँदेलका लागि थापिएको पासोमा परे मान्छे, एक जना पक्राउ

    ललितपुर— बँदेल समात्न थापिएको पासोमा एक व्यक्ति परेर घाइते भएपछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको छ।बागमती गाउँपालिका–३, ललितपुरका कृष्ण भोलनले मकैबारीमा बँदेल थाप्न राखेको पासोमा परेर ५० वर्षीय मानबहादुर जिम्बा घाइते भएका हुन्। भदौ १२ गते घटेको घटनापछि जिम्बाको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।प्रहरीका अनुसार भोलनलाई पक्राउ गरी म्याद थप गरिएको छ। चापागाउँ प्रहरी वृत्तले उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 671 पटक पढिएको
  • कालीगण्डकी नदीबाट अवैध रूपमा निकालिएको बालुवा जफत, १५ लाख राजस्व संकलन

    बागलुङ— कालीगण्डकी नदीबाट अवैध रूपमा उत्खनन गरिएको बालुवा जफत गरिएको छ। जिल्ला समन्वय समिति बागलुङको पहलमा बागलुङ नगरपालिकाभित्र दब्ल्याङ र भाटेखोला क्षेत्रबाट संकलन गरिएको करिब ४,९७२ घनमिटर बालुवा नियन्त्रणमा लिइएको हो।नगरपालिकाले अवैध उत्खननमा संलग्न व्यक्तिहरूलाई जरिवाना स्वरूप कारबाही गर्दै १५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको जनाएको छ। राजस्व शाखा प्रमुख सरस्वती रेग्मीका अनुसार, कारबाही क्रसर व्यवसायी र नदीजन्य पदार्थको दोहन गर्नेहरूमाथि केन्द्रित गरिएको हो।नदीजन्य पदार्थ उत्खननमा असारदेखि भदौ १५ गतेसम्म कानुनी रोक लगाइएको भए पनि मध्यरातमा चोरी-छिपी दोहन भइरहेको पाइएको छ। त्यस क्रममा

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 755 पटक पढिएको
  • मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु

    काठमाडौं— मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहटका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।त्यसको भोलिपल्ट १७ साउनमा पनि गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको आशंकामा नसिवलाई गाउँभन्दा पर आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरे।‘रुखमा उल्

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 877 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्‍यो

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिए। आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए। “राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 674 पटक पढिएको
  • १५ लाखको गाडीमा ७ लाखभन्दा बढीको अवैध कपडा फेला

    सिरहा— सिरहाको लहानमा भारतबाट ल्याइएको अवैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा लुकाइएका कपडासहित गाडी नियन्त्रणमा लिएको हो।लहान नगरपालिका–१९ छारापट्टी चोकमा सशस्त्र प्रहरी सुरक्षा बेसको मोबाइल टोलीले चेकजाँचका क्रममा ती सामान फेला पारेको हो। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीले गरेका थिए।ठाडी–लहान भित्री सडकखण्डमा चेकजाँच भइरहेका बेला बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो स्करपियो जाँच नगरी तीव्र गतिमा फरार भएको थियो। त्यसपछि सशस्त्र प्रहरीले गाडीको पिछा गर्दा लहान नगरपालिका–१९ कटाहा चोकमा गाडी बेवारिस अवस्थामा भेटिएको हो।सशस्त

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 717 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.