काठमाडौं— राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।
गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए । छापा मारेर करिब ४ करोड रुपैयाँ र सुनका गरगहना बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए ।