अपराध

    Showing 1,081-1,090 of 2,232 items.
  • ७० लाख घुसकाण्डमा छानबिनमा रहेका पौडेललाई पुनः कास्की सरुवाको चलखेल

    काठमाडौं— देशभर फैलिएको भ्रष्टाचार र अनियमितताविरुद्ध नयाँ सरकारले सुशासनको नारा दिँदै सुधारका कदम चालिरहेको बेला अख्तियारको छानबिनमा रहेका एक विवादास्पद कर्मचारीलाई पुनः पदस्थापन गर्ने तयारी सुरु भएको छ। मालपोत कार्यालय कास्कीका पूर्वप्रमुख चिरञ्जिवी पौडेललाई पुनः सोही कार्यालयमा सरुवा गर्न प्रशासनिक चलखेल चलिरहेको खुलेको छ।पौडेलमाथि मालपोत प्रमुख बन्नका लागि ७० लाख रुपैयाँ घुस दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसअघि यही प्रकरणका कारण उनी कास्कीबाट काठमाडौं तानिएका थिए।तर अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका केही अधिकारीहरूको सक्रियतामा उ

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 613 पटक पढिएको
  • अत्तरियाको होटलमा चक्कु प्रहार, एक युवक गम्भीर घाइते

    कैलाली— कैलालीको गोदावरी नगरपालिका–४, अत्तरियास्थित एक होटलमा चक्कु प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ निवासी ३२ वर्षीय गौरव ऐरमाथि आइतबार राति अत्तरियाको शुभम् होटलमा खाना खाइरहेका बेला चक्कु प्रहार गरिएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार ४–५ जनाको समूहमा आएका व्यक्तिहरूले अचानक आक्रमण गरेका थिए। गम्भीर घाइते भएका ऐरलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि भारत पठाइएको छ।प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको छ।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 621 पटक पढिएको
  • एक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको फन्दामा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित पक्राउ गरिएको छ ।लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस/रिसवतका रूपमा लिएको रु एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले आज नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।उनले भने, “लेखा अधिकृत दाहालको कार्यकक्षबाट घुस÷रिसवतबापतको रकम, मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रण

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 487 पटक पढिएको
  • तीनकुने चोकमा जेन-जी चोक लेखिएको बोर्ड राख्न खोज्ने ३ जना पक्राउ

    काठमाडौं— काठमाडौंको तीन कुने चोकबाट ३ जनालाई पक्राउ गरिएको छ । चोकको नाम परिवर्तन गर्ने उद्देश्यले नयाँ बोर्ड राखेपछि प्रहरीले आइतबार (आज) उनीहरुलाई नियन्त्रणमा लिएको हो । चोकको नाम परिवर्तन गरिएको बोर्ड राख्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।'चोकको नाम परिवर्तनका लागि पनि निश्चित प्रक्रिया हुन्छ । जेन-जी चोक लेखिएको बोर्ड राख्न लागिएपछि अहिलेलाई हामीले उनीहरुलाई नियन्त्रणमा लिगेका छौं,' प्रहरी उपरीक्षक भट्टराईले भने ।थप अनुसन्धान र उनीहरुको परिचय खुल्न बाँकी छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 739 पटक पढिएको
  • पूर्वसभामुख कृष्णबहादुर महरा संगठित अपराध अभियोगमा पक्राउ

    काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महरा भन्सार ऐन, २०६४ र संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो।(सिआइबी) का सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले महरा भेप (इलेक्ट्रोनिक सिगरेट) प्रकरणमा संगठित अपराधमा संलग्न रहेको प्रारम्भिक प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन्।२०७९ मंसिर १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक एलआइ हेङसोङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७३० थान ई(सिगरेट भेप अवैध रूपमा भित्र्याउने प्रयास गरेका थिए। ती सामग्री भन्सा

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 626 पटक पढिएको
  • २९ लाखबराबरको पटकासहित एकजना पक्राउ

     कञ्चनपुर— पटकासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल छन् ।२८ लाख ९८ हजार ६५० रुपैयाँबराबरको विभिन्न प्रकारका पटकासहित उनलाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।उनको घर तलासी गर्दा उक्त पटका फेला परेको थियो । सोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 743 पटक पढिएको
  • जेनजी आन्दोलनमा प्रहरीको हतियार लुटेर भागेका युवा ब्राउन सुगरसहित पक्राउ

     विराटनगर— जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सहित आठ जना झापाबाट पक्राउ परेका छन् ।  उनीहरु लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको छ ।दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर एको छाप्रोबाट शनिबार साँझ पक्राउ परेका हुन् । लागुऔषध बिक्री भई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । खानतलासी गर्ने क्रममा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ पर्नेमध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रम

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 618 पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

    कञ्चनपुर— भीमदत्त नगरपालिका-१२ पिपरैयास्थित सोही नगरपालिका-१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्र समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ४ सय ९१ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेज बस्ने राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रेम प्रकाश वली समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय ५

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 630 पटक पढिएको
  • बालेन र सुदनविरुद्ध नेविसंघको किटानी जाहेरी

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिएको छ ।भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन्। २४ घण्टाभित्र जाहेरी दर्ता ग

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 496 पटक पढिएको
  • हराएको ३०३ राइफल दमकमा फेला

    भद्रपुर (झापा), २६ असोज : झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान   बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 440 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.