कञ्चनपुर— पटकासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल छन् ।

२८ लाख ९८ हजार ६५० रुपैयाँबराबरको विभिन्न प्रकारका पटकासहित उनलाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनको घर तलासी गर्दा उक्त पटका फेला परेको थियो । सोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।