अपराध

    Showing 1,061-1,070 of 1,396 items.
  • यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

    काठमाडौं— जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन्। सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।चैनपुर नगरपालिका ३ सिद्धकालीका खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई गत आइतबार बिहान करिव १ बजे छात्राबासमा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका खत्री विद्यालयकै होस्टलमा बस्दै आएका थिए। पक्राउ परेका खत्रीले बालिकालाई आफू सुत्ने कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानक

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • 341 पटक पढिएको
  • ठगी मुद्दामा फरार प्रतिवादी लुइँटेल पक्राउ

    काठमाडौं—  प्रहरीले ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षीय ईश्वर लुइँटेललाई मंगलबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा।लिकाका सञ्चालक समेत रहेका उनीमाथि ठगी सम्बन्धी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । उनका अनुसार लुइँटेलले  भारत, मलेसिया, सिङ्गापुर

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 258 पटक पढिएको
  • तीनकुने घटनामा संलग्न आरोपमा थप एक जना पक्राउ

    काठमाडौं—  काठमाडौंको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।रायमाझी दुर्गा प्रसाईँ निकट भनेर चिनिन्छन् । उनी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनक

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 258 पटक पढिएको
  • विष खाएका एकै घरका तीन बालबालिकाको मृत्यु

    काठमाडौं— धनुषामा विष सेवन गरेका एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्लाको शहीदनगर नगरपालिका ५ का सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले थाहाखबरलाई जानकारी दिए। आमा ३० वर्षीया पविता साह गम्भीर रहेकी प्रहरीले जनाएको छ। उनको प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।घटना सोमवार साँझ ६ः४० बजेको समयमा भएको हो। घरमै आमासहित उनीहरू विष सेवन गरेको अवस्थामा फेला परेका र उपचारका लागि अस्पताल लैज

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 206 पटक पढिएको
  • बाबुआमाको लछारपछारले शिशुको मृत्यु

    काठमाडौं— नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीप

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 276 पटक पढिएको
  • उपसचिव हुँ भन्दै ठगीगरेको अरोपमा एक महिला पक्राउ

    काठमाडौं— नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका वडा नम्बर ५ घर भई हाल  ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षिय जानकी न्यौपाने रहेकी छन् । उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई उनीहरुबाट रकम लिएकी थिइन् । उनले पीडितबाट सात लाख ६० हजार आठ सय रुपैयाँ तथा अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी अनय केही व्यक्तिबाट समेत रकम लिएकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । बाँकी रकम पनि माग्दै गरेको अवस्थामा उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो । उनीमाथि ठगी सम्ब

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 339 पटक पढिएको
  • नाबालिगमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

    काठमाडौं— इलाममा बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–४ बस्ने ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन् ।घटना वैशाख ५ गते भएको थियो दुईजना मिलेर नाबालिगलाई डरत्रास देखाएर हात बाँधेर कराउन नदिई सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । घटनापछि फरार रहेका उनीहरूलाई वैशाख ६ गते फाकफोकथुम गाउँपालिका–४ फुयतप्पाबाट पक्राउ गरिएको नायब उपरीक्षक राईले बताए । उनीहरूलाई जिल्ला अदालत इलामा उपस्थित गराई ७ दिनक

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 258 पटक पढिएको
  • दाङमा आफैंमाथि गोली चलाएपछि...

    काठमाडौं— दाङमा एक व्यक्तिले आफैंलाई गोली चलाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।उनले घरमा लाइन्सेन्सवाला बन्दुक राखेका थिए । सोही बन्दुकले घरमै आफैंमाथि गोली चलाएको पाइएको प्रहरीले जानकारी दिएको छ ।आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन । प्रहरीले सो बारे आज दिउँसो साढे ३ बजे जानकारी पाएको बताए । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।प्रारम्भिक अनुसन

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 378 पटक पढिएको
  • वैदेशिक रोजगारको लागि रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिनु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने २७ वर्षीय उमेश भोलोन रहेका छन् ।भोलोनलाई काठमाडौंको वडा नं. १२ टेकुबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए । उनले चार जनाबाट बिगो रकम तीन लाख चालिस हजार लिएर सम्पर्क विहीन भएको थिए । पीडितको जाहेरीपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भोलोनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोगजार विभा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 350 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका—३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका—१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका—३२ बस्ने नुवाकोट विदुर नगरपालिका—५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका—६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ र पोषणराजले जापान पठाइद

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 152 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा