अपराध

    Showing 1,061-1,070 of 2,232 items.
  • ओली, देउवा, प्रचण्डसहित शीर्ष नेताहरूमाथि सम्पत्ति छानबिन - आरजु र दीपक समेत संलग्न

    काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' सहित दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्काविरुद्ध गैरकानुनी सम्पत्तिको आशंकामा अनुसन्धान सुरु गरेको छ।विभागले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार तथा मालपोत कार्यालयमार्फत उनीहरू र उनीहरूका नातागोताको नाममा रहेको सम्पत्ति, लगानी, कम्पनी र बैंक खाता विवरण संकलन गरिरहेको स्रोतले जानकारी दिएको छ।भदौ २४ मा भएको जेनजी आन्दोलनको क्रममा नेताहरूको निवासमा भेटिएका जलेका नोटका अवशेषको फरेन्सिक रिपोर्टसमेत विभागले माग गरेको छ।पूर्वप्रधानमन्त्रीहरूमाथि जलविद्युत्, क्यान्टोनमे

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 791 पटक पढिएको
  • अवैध २३ बोरा कपडा बरामद, राजस्व अनुसन्धानको छापा

    कपिलवस्तु— राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका–५, कटनीमा लुकाइराखिएको २३ बोरा कपडा बरामद गरेको छ। सोमबार दिउँसो विशेष सूचनाका आधारमा छापा मार्दा घरभित्र लुकाइएको कपडा फेला परेको हो।कार्यालयका प्रमुख सुवास श्रेष्ठका अनुसार, बरामद कपडाको स्रोतबारे थप अनुसन्धान जारी छ। राजस्व छलेर भारतबाट अवैध रुपमा ल्याइएको आशंका गरिएको छ। सम्बन्धित व्यक्तिहरूको विषयमा अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 896 पटक पढिएको
  • भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

    सर्लाही— मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेपछि प्रदेशसभाले शुक्रबार सूचना जारी गर्दै उनलाई निलम्बन गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहालाई यसअघि पनि अख्तियारले अनुसन्धानका क्रममा जेठ २९ गते पक्राउ गरेपछि निलम्बन गरिएको थियो । तर भदौ १३ गते प्रदेशसभा सचिवालयले अख्तियारको प्रतिवेदनका आधारमा उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । त्यसबेला अख्तियारले अदालतमा आरोपपत्र दायर नगरिएकाले र कुशवाहा धरौटीमा रिहा भएकाले निलम्बन हटाइएको उल्लेख गरिएको थियो । तर पछ

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 584 पटक पढिएको
  • भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो

    बर्दिया— बिहिबार दिउँसो नेपालको सिमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ । भारतको बहराईच जिल्ला मोतिपुर थाना अन्र्तगत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षिय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार गत मंगलबार धनगढी जान भनि घरबाट हिँडेका थिए । बिहिबार नेपाली मुलको जस्तो देखिने युवाको शव नेपाल भारत सिमावर्ती क्षेत्रमा फेला परेको खबर फैलीएको थियो । घटना स्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 500 पटक पढिएको
  • “जेनजी” भन्दै धम्की र आतंक मचाउने अर्जुन शाही ठगी काण्डमा पक्राउ

    काठमाडौं— सरकारी कार्यालयहरूमा आफूलाई “जेनजी” भनेर चिनाउँदै धम्की र आतंक मचाउँदै आएका अर्जुन शाहीलाई प्रहरीले ठगी लगायतका गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।शाहीले पछिल्ला केही दिनयता विभिन्न सरकारी निकाय तथा कर्मचारीहरूमाथि दबाब सिर्जना गर्दै अवैध लाभ लिने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनले सरकारी पदाधिकारीहरूलाई धम्की दिएको र सर्वसाधारणलाई ठग्ने प्रयास गरेको पुष्टि भएको बताइएको छ।शाहीको व्यवहार र सामाजिक सञ्जालमा देखिएका गतिविधिबाट सर्वसाधारणमा समेत डर र त्रासको वातावरण सिर्जना भएको जनाउँदै प्रहरी स्रोतले थप अनुसन्धानका लागि उनलाई हिरासत

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 554 पटक पढिएको
  • २१ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिद प्रक्रियामा भाग लिन निषेध (सूचीसहित)

    काठमाडौं— सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको  छ ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 782 पटक पढिएको
  • जेनजीको नाममा ठग्ने र आतंक फैलाउने धमाधम पक्राउ

    काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा घुसपैठ गरी आतंक सिर्जना गर्ने र आफूलाई जेनजी प्रतिनिधि भन्दै सरकारी कर्मचारीलगायतलाई थर्काउँदै हिँड्ने धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले दसैँ अगाडि नै एक सयभन्दा बढीलाई पक्राउ गरिसकेको थियो ।तर गृहमन्त्री ओमप्रकाश अर्यालका कारण सबैजना थुनामुक्त भएका छन् । यद्यपि प्रहरीले अहिले आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याएको छ ।यसैक्रममा जेनजी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी) का सदस्य तेन्जिङ दावा पक्राउ परेका छन् । उनले बबरमहलस्थित आर्कब्रिजमा पेस्तोल बोकेको टिकटक भिडियो बनाएका थिए ।टिओबी समूहले जेनजी आन्दोलन

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 483 पटक पढिएको
  • सङ्गठनका नेताको संरक्षणमा सङ्घीय मामिला मन्त्रालयको स्टोरमा पौडेलको मस्ती

    काठमाडौं— कर्मचारी सङ्गठनका नेताको संरक्षणमा लामो समयदेखि स्टोरमा हिनामिनाको खेल भइरहेको खुलासा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्टोरमा कार्यरत नायव सुब्बा तेजनारायण पौडेल  लामो समयदेखि मनपरी र हिनामिना गर्दै आएको खुलासा भएको हो ।उनी २०७८ सालदेखि सो मन्त्रालयको स्टोरमा निरन्तर कार्यरत छन् । सामान्यतया एक कर्मचारी कुनै अड्डामा दुई वर्षभन्दा धेरै बस्ने नियम छैन । तर, स्टोरमा यिनले मस्ती मारेको चार वर्ष भइसक्यो । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पौडेललाई हटाउन खोज्दा पनि सफल हुन सकेनन् ।कर्मचारी सङ्गठनका नेता रामचन्द्र अधिकारी र उमेश पर

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 889 पटक पढिएको
  • तिहारमा अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह

    काठमाडौैं—  नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।पटाका तथा झिरझिरे पड्काउने व्यक्

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 550 पटक पढिएको
  • पनौतीबाट १८ जना जुवाडे पक्राउ, १ लाख २२ हजार बरामद

    काभ्रे— प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट १८ जना  जुवाडे लाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–९ नौबिसेफाटस्थित सुदर्शन पौडेलले सञ्चालन गरेको फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय प्रकाश सापकोटा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय ४५ रुपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 661 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.