कपिलवस्तु— राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका–५, कटनीमा लुकाइराखिएको २३ बोरा कपडा बरामद गरेको छ। सोमबार दिउँसो विशेष सूचनाका आधारमा छापा मार्दा घरभित्र लुकाइएको कपडा फेला परेको हो।

कार्यालयका प्रमुख सुवास श्रेष्ठका अनुसार, बरामद कपडाको स्रोतबारे थप अनुसन्धान जारी छ। राजस्व छलेर भारतबाट अवैध रुपमा ल्याइएको आशंका गरिएको छ। सम्बन्धित व्यक्तिहरूको विषयमा अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।