काभ्रे— प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट १८ जना जुवाडे लाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–९ नौबिसेफाटस्थित सुदर्शन पौडेलले सञ्चालन गरेको फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय प्रकाश सापकोटा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय ४५ रुपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो ।