मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
एक मन्त्रीका अनुसार मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले पदबाट राजीनामा दिने निर्णय लिएको स्रोतले जनाएको छ।
त्यही सन्दर्भमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो। बैठकमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न राजनीतिक दल, कर्मचारी तथा निकायहरूलाई धन्यवाद दिनेछन्।
बैठकपछि मुख्यमन्त्री लामाले औपचारिक रूपमा राजीनामा दिने तयारी गरेको ती मन्त्रीले जानकारी दिए।