महोत्तरी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशस्तरीय पूर्ण बैठक आइतबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। बैठकमा पार्टीको जिल्लागत प्रगति विवरण, पदपूर्ति प्रक्रिया, संगठन सबलीकरण अभियान, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा प्रस्तावित राजनीतिक यात्रा तथा बारा र सप्तरी जिल्लासम्बन्धी गुनासोहरूमाथि विस्तृत छलफल गरिएको प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए।

बैठकमा रास्वपाका कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। त्यस्तै, मधेस प्रदेश इन्चार्ज, प्रवक्ता एवं सांसद मनिष झा, सांसद प्राडा। चन्दा कार्की, केन्द्रीय सदस्य डा। नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायतको उपस्थिति रहेको थियो।

पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा उपस्थिति विस्तारका लागि रणनीतिक योजना बनाउने उद्देश्यले बैठक आयोजित गरिएको जनाइएको छ।