विराटनगर  ।   फार्मेसीमा लागुऔषध बेच्ने एक युवालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

 रंगेली नगरपालिका ७ शुक्रबारे स्थित इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री गर्ने २१ वर्षीय संजय कुमार मण्डललाई रंगेली प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काको टोली तथा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मण्डललाई सोमबार नियन्त्रणमा लिएको हो।

OM Sai Pathibhara Hospital

फार्मेसीमा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ट्रमाडोल पाँच हजार तिन सय क्याप्सुल, स्पास्पेईन् दुई हजार ट्याबलेट, डाइसे तेह्र हजार छ सय ट्याबलेट प्रहरीले फेला पारेको थियो ।

हाल मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।