काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १ सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १ सय ७० रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १ सय ५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ५२ रुपैया ३० पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर १ को खरिददर १ सय रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा, कतारी रियाल १ को खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
थाई भाट १ को खरिददर ३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन १ सयकोे खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।
हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैया ४९ पैसा र कुवेती दिनार १ को खरिददर ४ सय ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४ सय ४१ रुपैयाँ ७० पैसा, बहराइन दिनार १ को खरिददर ३ सय ५९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३ सय ६० रुपैयाँ ६६ पैसा कायम गरेको छ ।
ओमनी रियाल १ को खरिददर ३ सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर ३ सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।