मोरङ ।   नेपाल अवैद्य रहेको हुण्डी कारोवारमा संलग्न भएको आरोपमा मोरङको रंगेली नगरपालिका–८, दर्वेसाका ज्योतिदेवी अग्रवाल झण्डै ४७ लाख भन्दा बडि स्रोत नखुलेको नगदसहित पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा मोरङ प्रहरीको टोलीले अग्रवालको घरमा  छापामारी ४७ लाख ४९ हजार नगदसहित अग्रवाललाई पक्राउ गरेको हो। प्रहरिका अनुसार घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र १ हजार र ५ सय दरका नोट रकम फेला परेको हो। 

OM Sai Pathibhara Hospital

अग्रवाललाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। स्रोत नखुलेको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ। यस विषयमा थप अनुसन्धान भइरहेको एसपी नारायणप्रसाद चिमरियाले बताए।FB_IMG_1733908516207