काठमाण्डौ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बुद्ध एयर मार्फत बाराबाट काठमाडौं ल्याइएको छ।
सोही जहाजमा रास्वपाका सांसद हरि ढकाल र अर्का एकजना पनि काठमाडौँ आइपुगेको बुझिएको छ।दुई घण्टा काठमाडौँ विमानस्थलमा राखेर २:३० बजे पोखरा लगिदै छ। बयान हिजो मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं हुदै पोखरा लगिदै छ ।
अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।