काठमाडौं–लगातार ओरालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य प्रति तोलामा रु ४०० ले बढेर प्रतितोला रु १,६१,३०० निर्धारण गरिएको छ ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज रु ३० ले बढेर प्रतितोला रु १,९८० निर्धारण गरिएको छ । सुनचाँदीको मूल्यमा देखिएको यो सानो वृद्धि बजारको गतिविधि र अन्तर्राष्ट्रिय बजारको प्रभावसँग सम्बन्धित रहेको बताइएको छ ।