काठमाडौं–हवाई यात्रुहरूको चाप बढ्दै गएपछि एयरलाइन्सहरूले उडान संख्या थपेका छन् । बुद्ध एयरले भद्रपुर र भरतपुरमा दुई/दुई उडान थपेको छ। हाल दैनिक दुईतर्फी एक सय ५० उडान गरिरहेको कम्पनीले यात्रु चापको कारण उडान बढाएको हो ।
श्री एयरलाइन्सले पनि काठमाडौं–भरतपुर रुटमा शुक्रबारदेखि उडान सञ्चालन गर्ने घोषणा गरेको छ । यती एयरलाइन्सले असोज १५ गतेदेखि काठमाडौं–भद्रपुर र काठमाडौं–नेपालगञ्जमा एक–एक उडान थपेको छ ।
अविरल वर्षाका कारण बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई यात्रुहरूको चाप वृद्धि भएको हो ।