काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिददर १४८.०२ रुपैयाँ, युके पाउण्डको १७५.६६ रुपैयाँ, र स्वीस फ्रयाङ्कको १५७.७७ रुपैयाँ निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलरको खरिददर ९१.७४ रुपैयाँ, जापानी येन १० को ९.१३ रुपैयाँ, र चिनियाँ युआनको १९.१० रुपैयाँ कायम गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ तोकिएको छ । वाणिज्य बैंकहरूले फरक विनिमय दर राख्न सक्ने बताइएको छ ।