काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। 

युरोपियन युरोको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्टर्लिङको खरिददर एक सय ७८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा रहेको छ। 

OM Sai Pathibhara Hospital

अन्य मुद्राहरूमा अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ४० पैसा, क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ९४ पैसा, र जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ०७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६७ पैसा, र भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सकिने बताएको छ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने जनाएको छ। अद्यावधिक दरहरू केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

2th