काठमाडौं–दसैं नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ, तर उपत्यका छाडेर घर फर्कन चाहने धेरै यात्रुहरू अग्रिम टिकट नपाउँदा चिन्तित छन् । यातायात व्यवस्था विभागको समन्वयमा बसको अग्रिम टिकट बुकिङ खुल्न नसक्दा उनीहरूले टिकट पाउन सकेका छैनन् । 

केही यातायात व्यवसायीहरूले भने आफ्नै हिसाबले बुकिङ सुरू गरेपछि टिकट काउन्टरहरूमा भीड बढेको छ । दसैंको समयमा करिब २० लाख मानिस उपत्यकाबाट बाहिरिने भएकाले अग्रिम बुकिङको माग उच्च छ । 

OM Sai Pathibhara Hospital

अग्रिम बुकिङ नखुल्दा यात्रु सहायता कक्षहरू पनि स्थापना हुन सकेका छैनन् । यातायात व्यवसायीहरू भने सडक पूर्वाधार चुस्त बनाउनुपर्ने अडानमा छन् । गत शनिबार भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा अग्रिम बुकिङको मिति तय गर्ने निर्णय भए पनि विभागसँग छलफल नभएकोले मिति तोकिएको छैन ।

एक–दुई यातायात व्यवसायीले सरकारको निर्णय नपर्खी आफ्नै हिसाबले अग्रिम बुकिङ खुला गरेका छन् । अहिलेसम्म पूर्व अरनिको यातायात प्रालि र पृथ्वी राजमार्ग यातायातले अग्रिम बुकिङ खुलाएका हुन् । कान्तिपुर दैनिकबाट