काठमाडौं–सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ। समितिको रिपोर्टअनुसार, लामिछाने र अन्यले सहकारीको रकम दुरुपयोग गरेका छन्।

समितिले पुष्टि गरेको छ कि गितेन्द्रबाबु (जीबी) राई, लामिछाने, र छविलाल जोशीले दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेका थिए। यस खातामा सहकारीबाट प्राप्त रकम चेकमार्फत खर्च गरिएको छ, जसमा लामिछानेको हस्ताक्षर पनि छ।

OM Sai Pathibhara Hospital

लामिछानेले सहकारीको रकम दुरुपयोगमा संलग्नता नपाएको दाबी गरेका छन्, तर छानबिन समितिले उनले कम्पनीको वित्तीय व्यवस्थापनमा संलग्न रहेको प्रमाण प्रस्तुत गरेको छ। समितिको रिपोर्टले कानूनी कारबाहीका लागि आधार तयार गरेको छ। कान्तिपुर दैनिकबाट