काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता दिलाउन पहल थालेका छन् । 

उनलेले हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि चासो व्यक्त गर्दै सचिवालयमार्फत प्रस्तोता विद्या चापागाईँसँग सम्पर्क गरेको उल्लेख गर्दै नागरिकता दिलाउनेबारे चर्चा भएको जानकारी गराएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रकाश तामाङलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको थाहा पाएपछि प्रधानमन्त्रीले राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर कुरा गरेका थिए । प्रधानमन्त्री ओलीका अनुसार गृहसचिवले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्नेगरी व्यवस्था मिलाइएको छ । यसबारे प्रकाशलाई पनि जानकारी गराइएको छ । 

नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ । यसअघि ओलीले प्रकाशसँग भेट गर्ने इच्छा पनि व्यक्त गरेका थिए । यसबारे जानकारी दिदैँ ओलीले फेसबुकमा लेखेको छन, 

हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ।

नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।