झापा / कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष सहित १० जान पक्राउ परेका छन् । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुुुसार पक्राउ परेका मध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका(२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका- ५ काठमाडौँका वडाध्यक्ष रहेको खुलेको छ ।

यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओवादी केन्द्र प्रदेश कमिटी सदस्य हुन् । होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरू निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ । सुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरूको पहिचान खुलेको हो । गोदावरी नगरपालिका- ३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका–७ का स्थानीय हुन् भने उनी नेपाली कांग्रेसको पूर्व जिल्ला सदस्य हुन् ।

OM Sai Pathibhara Hospital

सुजित खड्का सिलगढी खानेपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ । पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरूसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए । प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेकाविरुद्ध बुधबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। वडा प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको होटल कलेलले विगतदेखि नै जुवातास खेलाउने गरेको स्थानीय बताउँछन् । बसपार्क प्रहरीको संरक्षणमा जुवातास खेलाउने कलेल सहितका केही होटलबाट प्रहरीले हप्ता समेत असुल्ने गरेको आरोप लागेको छ ।