बिर्तामोड / गठबन्धनमा भागबन्डा मिलाउनका लागी कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साँझ ५ बजेलाई सारिएको छ । यसअघि आज बिहान साढे १० बजे शपथ ग्रहण गर्ने तयारी  थियो । 

नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले  मन्त्रालयको बाँडफाँड टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी  भएकाले  समय सारिएको बताए ।

OM Sai Pathibhara Hospital

थापासँगै आजै गठबन्धन दलहरूबाट एक/एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । ‘अस्ति विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो, अहिले मन्त्रालय तोकेरै जाउ भन्ने तयारी छ,’ प्रमुख सचेतक राईले भने । सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ ।एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् ।