काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य  ६ सय रूपैयाँले घटेको छ । मंगलबार १ लाख १३ हजार रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १२ हजार  ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। आज चाँदीको मूल्य १५ रूपैयाँले घटेको छ । मंगलबार १ हजार ४ सय ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा कारोवार भइरहेको छ ।