बिर्तामोड / नेकपा एमाले निकट विद्यार्थीहरूको सङ्गठन अनेरास्ववियुले हल्दिबारी गाउँकमिटीले आँखा पाक्ने र डेंगु संक्रमण विरुद्ध सचेत रह्न जनसमुदायमा अपिल गरेको छ । गाउँकमिटी अध्यक्ष आशिष खरेलले हस्ताक्षर गरेको अपिल पत्रमा महामारीको रुपमा रहेको सङ्क्रमणबाट जोगिन बच्न र सचेत रह्न सबैमा अपिल गरेको हो । 

स्थानीय पालिकाको स्वास्थ्य शाखालाई जनचेतनामूलक कार्यक्रम, सचेतनामुलक पोस्टर पम्पलेट लगायत साम्रागी सम्प्रेषण गर्ने र आवश्यक पहलकदमी अपनाउन ध्यानाकर्षण एवम् अनुरोध समेत गरेको छ । अनेरास्ववियु हल्दीबारी आफैले अपिल लगायत सचेतना मुलक सामाग्रीहरु सम्प्रेषण गरेरहेको र महामारी बाट बच्न बचाउन लागि परिरहेको अनेरास्ववियु जिल्ला कमिटी सदस्य अभिषेक खतिवडाले जानकारी दिए ।